नेपालमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा ६०० रुपैयाँले सुन महँगो

Image
CP Hospital Dhangadhi

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६०० रुपैयाँले महँगो भएको हो।

Attariya Hospital

शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ, जुन बिहीबारको २ लाख ३७ हजार ८०० रुपैयाँभन्दा ६०० रुपैयाँ बढी हो।

nawajiwan

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बिहीबार तोलामा ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।