सुदूरपश्चिममा सानिमा रिलाइन्सद्वारा उत्कृष्ट एजेन्सी मेनेजरहरू सम्मानित

Image
Nisarga Hospital

सानीमा रिलाइन्स लाइभ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिममा सानिमा रिलाइन्स स्टार एजेन्सी मिट २०८२ सम्मान एवं एजेन्सी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार धनगढीमा कार्यक्रम आयोजना गरिएको हो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लावाट उपस्थित एजेन्सि मेनेजरलाइ विमा क्षेत्रका अन्तराष्ट्रिय अभिकर्ता सहेद अफजाल अहमदले अभिमुकरणको सहजिकरण गरेको सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी सुदूरपश्चिम प्रदेशका प्रमुख गणेश प्रसाद उप्रेतिले वताए । अभिमुखिकरण कार्यक्रमले एजेन्सि मेनेजरहरुको कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने विस्वास रहेको उनले वताए ।

CP Hospital Dhangadhi

कार्यक्रममा सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनी सुदूरपश्चिम प्रदेश विभिन्न जिल्लाका गत वर्षमा विभिद विधामा उत्कृष्ट काम गरेका एजेन्सि मेनेजरहरुलाइ सम्मान गरेको छ । सानिमा रिलाइन्स स्टार एजेन्सि २०८२ वाट टिम विजनेसको आधारमा सानिमा रिलाइन्स धनगढी शाखा- १ अन्तरगत पहिलो हुन सफल कलावती कुमारी जोशी, दोस्रोमा खकेन्द्र कुमार वि.क., त्यसैगरी तेस्रोमा पुष्पराज उपाध्याय सम्मानित भएका छन । त्यसैगरी विमा पोलिसि संख्याको आधारमा निसान वोहरा पहिलो, पदम सिंह साउद दोस्रो र तेस्रोमा कलावती कुमारी जोशीलाई सम्मानित गरेको छ । त्सैगरी व्यक्तिगत कोड व्यापारको आधारमा निशान वोहरा पहिलो, सन्तोश महतो दोस्रो र तेस्रोमा मधु कुमारी रानालाइ सम्मानित गरेको सानिमा रिलाइन्स क्षेत्रिय प्रमुख ललित साउदले वताए ।

त्यसैगरी सानिमा रिलाइन्स धनगढी शाखा- २ अन्तरगत समुह व्यापारको आधारमा पहिलो हुनेमा दिपेश वोहरा, दोस्रोमा विरेन्द्र वोहरा, तेस्रो निर्मला पाण्डे सम्मानित भएका छन । त्यसैगरी विमा पोलिसि संख्याको आधारमा पहिलो हुने दिपेश वोहरा, दोस्रो दधी रावत, तेस्रो दिपिका खनाल सम्मानित भएका छन । त्यसैगरी व्यक्तिगत कोड व्यापारको आधारमा गंगाराम चौधरी पहिलो, दिपेश वोहरा दोस्रो र तेस्रोमा रामप्रसाद चौधरी सम्मानित भएका सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनी धनगढी -२ शाखाकी विजनेस म्यानेजर विद्या सिंहले वताइन ।

कार्यक्रममा सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सानिमा रिलाइन्स कम्पनीले गत आर्थिक वर्षमा ७ सय करोड भन्दा वढीको विजनेश संकल गरेको वताउदै उनले भने,- ‘सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनीलाई सफल वनाउन यहाँका एजेन्सि मेनेजरहरुको महत्वपूर्ण हात रहेको छ ।’ गत वर्षको मुल्यांकनको आधारमा तपाइहरुले पाएको सम्मान विजनेश कायम राख्नु होला ।, उनले भने,- सधै यस्ताखाले कार्यक्रम अन्तै हुने गरेकोमा सम्वन्धित प्रदेशमा गर्नाले अरु सम्मानित नहुने र सानिमा संग जोडिएका सुभचिन्तकलाइ सकारात्मक प्रभाव पर्ने छ ।’

कम्पनीको तल्लो स्तर सम्म रहेर काम गर्ने यहाँहरु एजेन्सि मेनेजरलाइ आभार व्यक्त गर्दै पाण्डेले भने,- ‘यो विमा कसैको सेवा गर्ने पेशा हो, यो उत्कृष्ट पेशा हो, शुख दुखमा साथ दिने पेशा हो, यस्लाइ मर्यादिन र सम्मानकासाथ अगाडी वढाउनु पर्दछ ।’
त्यसैगरी कार्यक्रममा सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनिका प्रमुख व्यापार अधिकृत गुणराज श्रेष्ठले सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनिमा सुदूरपश्चिम प्रदेश विजनेशको हिसावले अग्रपंतिमा आउनुमा एजेन्सिमेनेजरहरुको ठूलो हात रहेको वताए । आगामी दिनमा पनि सवैको सक्रियता हुनेमा विश्वास रहेको उनले वताए ।