सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा तोलामा ४ हजार ९०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

CP Hospital Dhangadhi

सोमबार उक्त दर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ मात्र थियो। लगातार बढ्दो अन्तर्राष्ट्रिय बजार मूल्य र अमेरिकी डलरको प्रभावका कारण नेपाली बजारमा सुनको मूल्य उच्च स्तरमा पुगेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५० रुपैयाँले बढेर तोलामा ३ हजार ६५ रुपैयाँ पुगेको छ। सुन र चाँदी दुवैको मूल्यमा आएको वृद्धि पछिल्ला केही सातादेखि निरन्तर भइरहेको अन्तर्राष्ट्रिय बजारको अस्थिरतासँग सम्बन्धित मानिएको छ। व्यापारीहरूले मूल्य अझै केही दिन स्थिर नहुने अनुमान गरेका छन्।