गौरीफन्टा नाकाबाट ५२ तोला सुन र चाँदीसहित ४ नेपाली प’क्राउ

Image
Nisarga Hospital

कैलालीको गौरीफन्टा नाकाबाट ठूलो मात्रामा सुन र चाँदीसहित ४ नेपाली पक्राउ परेका छन्। प्रहरीले ६१६.९ ग्राम (५२.९ तोला) सुन र ७८०.८ ग्राम चाँदीसहित २५ वर्षीय दीपक नरसिंह, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारु र ५६ वर्षीय खेमराज कुलपति देवकोटालाई पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

पक्राउमा भारतको महाराष्ट्रस्थित क्राइम ब्रान्चको टोलीको सहयोग पनि रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरुले महाराष्ट्रबाट चोरी गरेर सुन र चाँदी ल्याएको आरोप लागेका छन्।

पक्राउ परेकाहरुको नेपालको ठेगाना हाल सार्वजनिक गरिएको छैन। चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले जिल्ला प्रहरी कार्यालय खिरी पठाएको छ। यस घटनाले सीमापारि अपराध नियन्त्रणमा थप निगरानीको आवश्यकता औँल्याएको छ। प्रहरीले घटनाको सम्पूर्ण सत्यतथ्य पत्ता लगाउने र दोषीहरुलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।