नेपाली बजारमा सुनको मूल्य घट्यो ! तोलामै २ हजार बढी घट्दै गर्दा कतिमा हुँदै छ कारोबार ?

Image
Nisarga Hospital

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको २ लाख ४६ हजार ४०० रुपैयाँमा व्यापार भएको छापावाल सुन बुधबार घटेर २ लाख ४४ हजार ३०० रुपैयाँमा पुगेको छ।

सोही अनुसार तेजाबी सुनको मूल्य पनि घटेको महासंघले जनाएको छ। यता, चाँदीको मूल्य भने वृद्धि भएको छ।

मंगलबार तोलाको ३ हजार १७० रुपैयाँमा रहेको चाँदी बुधबार ३ हजार ७५ रुपैयाँमा कारोबार भएको छ। हाल सुनको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ भने चाँदीको मूल्य स्थिर रहँदै क्रमशः बढ्ने क्रममा रहेको व्यवसायीहरू बताउँछन्।