
कैलालीको गोदावरी नगरपालिका वडा नं. ०५ गेटा क्षेत्रमा शुक्रबार साँझ १० बजे, विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती, लागु औषध नियन्त्रण ब्युरो महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी गेटाको संयुक्त टोलीले सक्रियता देखाएको छ।

मोटरसाइकल चेकजाँचका क्रममा २० वर्षीय बिजय बिष्टको चालकत्वमा रहेको मोटरसाइकलमा सवार २५ वर्षीय राज चौधरीको सर्टको खल्तीमा कालो प्लास्टिक भित्र ५.७५ ग्राम हेरोईन जस्तो लागु औषध फेला परेको छ। प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार, बरामद गरिएको लागु औषध शुद्ध तौल अनुसार प्रमाणित गरिएको छ र अपराधीहरूलाई कानूनी प्रक्रिया अनुसार कारबाही गरिनेछ।यो सफल छापामारीले कैलालीमा लागु औषधको नियन्त्रणमा प्रहरीको सक्रिय भूमिका पुष्टि गरेको छ।



























