
डेउडा प्रतिष्ठान केन्द्रीय समिति कोषाध्यक्ष चर्चित लोक डेउडा गायिका कृष्णा सिराडीले हरेक बर्ष आफ्नो जन्म दिन छुट्टै खालले मनाउदै आएकी छन । यस बर्ष पनि जन्म दिन छुट्टै खालले मनाएकी छन । जन्म दिनको अवसरमा सिराडीले जेष्ठ नागरिक लाई भोजन ब्यबस्थापन र रक्तदान गरेकी छन ।

जन्मदिनको बिहानै मन्दिर गएर फर्किएकी सिराडी त्यस लगतै नेपाल रेडक्रसमा गएर रक्तदान गरेकी थिइन । सिराडीले आफ्ना साथीहरू लगेर धनगढी -२ स्थित रामजानकी मन्दिरमा झण्डै एक सय जना जेष्ठ नागरिकलाई भोजन गराउदै जन्म दिन मनाएकी छन ।

फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा त्यो खर्च सामाजिक कार्यमा लगाउनु उपयुुक्त ठानेर आफुले हरेक बर्षको जन्म दिनमा गरिने खर्चलाई कटौती गर्दै सामाजिक सेवामा लगाउने गरेको सिराडीले बताईन ।
डोटेली भाषा, ठाडीभाकामा चर्चित गायिका सिराडी सुदूरपश्चिममा डेउडामै चर्चा बटुल्दै छिन। २०७२ सालमा चोखो माया फेरी नामको पहिलो डेउडा गीत निकालेकी सिराडीले त्यसयता थुप्रै गीत गाइसकेकी छन् । सुदूरपश्चिमको डोटी जिल्लामा जन्मिएकी सिराडीको सुदूरपश्चिम विश्वविद्यालयमा समाजशास्त्रमा स्नातकोत्तर सम्मको शिक्षा आर्जन गरेकी छिन । दर्जनौं गीतमा आफ्नो स्वर भरिसकेकी सिराडीका ‘बास घुघुती’, ‘इजुको कोल छुट्यो’, ‘माइतकी सम्राई’, ‘सालीको बैंश’, ‘झल्का लाई गै साली’, ‘आजभोलि मायालु’ लगायतका उनका अत्यधिक रुचाइएका गीत हुन् ।

कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने हेतुराख्ने सिराडी सुदूरपश्चिममै बसेर लोक साहित्य तथा गायनमा सक्रिय छन् । डेउडा प्रतिष्ठान केन्द्रीय समिति कोषाध्यक्ष रहेकी गायिका एक दशकदेखि निरन्तर डेउडा गीत संगीतमा सक्रिय गायिका सिराडी म्युजिक भिडियो र भिडियो निर्देशनमा पनि उत्तिकै लगाब रहेको छ ।



























