जेन्जी आन्दोलन ‘प्रतिक्रान्ति’ भन्दै लेखराज भट्टको आक्रमक चेतावनी: ‘एमाले फेरि खरानीबाट उठ्छ’

Image
Nisarga Hospital

नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव लेखराज भट्टले एमालेको नेतृत्व र विचार सही भएकै कारण पार्टीमाथि भइरहेका आक्रमणहरू बढेको दाबी गरेका छन्। शनिबार धनगढीमा आयोजित जागरण सभामा उनले देश र संविधानको रक्षा गर्न सक्षम दल एमाले मात्रै भएको उल्लेख गर्दै राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि पार्टी सधैं तत्पर रहने बताए।

CP Hospital Dhangadhi

उनका अनुसार अहिलेको मुख्य संघर्ष देशलाई स्वतन्त्र राख्ने र परनिर्भर बनाउने शक्तिबीच हो। ‘एमाले खरानीबाट उठेर फेरि देशको नेतृत्व गर्नेछ,’ भट्टले भने। उनले गत भदौ २४ गते विभिन्न पार्टी कार्यालय तथा नेताका घरमा गरिएको आगजनी एमालेको मनोबल घटाउने योजनाको हिस्सा भएको आरोप लगाए।

Attariya Hospital

जेन्जी आन्दोलनलाई उनले प्रतिक्रान्ति भन्दै व्यवस्थापिका, न्यायपालिका र इतिहासमै आक्रमण गर्न खोजिएको दाबी गरे। ‘शोकलाई शक्तिमा बदल्दै हामी फेरि जनतामाझ छौं,’ भट्टले भने।

nawajiwan

सरकारप्रति कठोर टिप्पणी गर्दै उनले संविधानको मर्म नै बिर्सिएको आरोप लगाए। प्रधानमन्त्री सुशीला कार्कीले संविधान नबुझेको समेत दाबी गर्दै उनले हालको सुरक्षा अवस्थाले चैत २१ गतेसम्म चुनाव सम्भव नसक्ने बताए। हतियार लुटिने र प्रहरीको मनोबल कमजोर हुने परिस्थितिमा चुनाव हुन नसक्ने भएकाले विघटित संसद् पुनःस्थापना एमालेको स्पष्ट माग रहेको भट्टको भनाइ थियो।