नेपाली बजारमा एकै भारी घट्यो सुनको मुल्यमा, तोला मै ६ हजार ९ सय घट्यो

Image
Nisarga Hospital

आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा आएको ठूलो गिरावटले सबैको ध्यान तानेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले घटेको छ। शुक्रबार तोलाको मूल्य २ लाख ४९ हजार ७०० रुपैयाँ रहेको छापावाल सुन आइतबार झरेर २ लाख ४२ हजार ८०० रुपैयाँ मा स्थिर भएको छ।

CP Hospital Dhangadhi

सुनमा आएको यो ठूलो कटौतीले बजारमा चहलपहल बढाउने निश्चित छ, किनकि केही समयदेखि लगातार बढ्दै आएको सुनको मूल्य पहिलोपटक यति ठूलो परिमाणमा घटेको हो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आइतबार घटेर ३ हजार १३५ रुपैयाँ मा झरेको महासंघले जनाएको छ।

सुन–चाँदीमा आएको यो एकैदिनको मूल्य घटावटले उपभोक्ता, लगानीकर्ता र पसल संचालक सबैमा नयाँ व्यापारिक गतिविधि बढाउने संकेत दिएको छ। बजार अब कुन दिशातिर जान्छ, सबैको नजर त्यत्तै केन्द्रित छ।