नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा वृद्धि, आजका लागि कतिमा हुँदै छ कारोबार? जानकारी लिनुहोस्

Image
Nisarga Hospital

नेपालको बजारमा सोमबार सुन–चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ रहेको छापावाल सुन सोमबार ५०० रुपैयाँले बढेर तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ पुगेको छ। लगातारको उतार–चढावसँगै मूल्यमा आएको यो सानो वृद्धि बजारको चहलपहलसँग पनि जोडिएको मानिन्छ।

CP Hospital Dhangadhi
Attariya Hospital

यस्तै, चाँदीको मूल्यमा पनि बढोत्तरि देखिएको छ। आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ रहेको चाँदी सोमबार २० रुपैयाँ बढेर तोलामा ३ हजार १५५ रुपैयाँमा कारोबार भएको छ। सुन–चाँदीको मूल्यमा आएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभाव र बजारको माग–पुरवठासँग सम्बन्धित रहेको बताइन्छ।

nawajiwan