सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा मायामेट्रो हस्पिटल पुनः नियुक्त

Image
Nisarga Hospital

धनगढी: नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजना गरिएको दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरको जिम्मेवारी फेरि धनगढीको मायामेट्रो हस्पिटलले पाएको छ।

CP Hospital Dhangadhi

पहिलो सिजनमा पनि रोयल्सको मेडिकल सहयोग गर्दै आएको मायामेट्रोले यस पटक पनि जिम्मेवारी पाउँदा खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न ठूलो योगदान दिने अपेक्षा गरिएको छ। हस्पिटलले खेलकुद क्षेत्रमा निरन्तर सहकार्य गर्दै खेलाडीहरूको स्वास्थ्यमा ध्यान दिने आफ्नो नीति दोहोर्याएको छ।

Attariya Hospital

यस अवसरमा अस्पतालले खेलकुदको प्रवर्द्धन, खेलाडीहरूको स्वास्थ्य सुरक्षा र खेलको समग्र विकासमा सहभागी हुने अवसर पाउँदा खुशी व्यक्त गरेको छ। मायामेट्रो हस्पिटलको सक्रिय भूमिका र निरन्तर सहकार्यले सुदूरपश्चिम रोयल्स र क्षेत्रीय खेलकुदमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

nawajiwan