अत्तरियास्थित दुर्गालक्ष्मी नमूना माविमा कक्षा-११ का नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Image
Nisarga Hospital

अत्तरिया : दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। कक्षा–१२ का विद्यार्थीहरूले सांस्कृतिक नृत्य, जनचेतनामूलक नाटक र एनसीसी कभाज प्रस्तुत गर्दै नवआगन्तुकहरूलाई उत्साहपूर्वक स्वागत गरे। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, विद्यालय परिवार तथा स्थानीय पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो।

CP Hospital Dhangadhi

मुख्य अतिथि तथा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) का अध्यक्ष हरिदत्त भट्टले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र जिम्मेवारीसँग अध्ययन गर्न प्रेरित गरे। उनले भने, “यस चरणमा सिकेका बानी र सीपले भविष्यको मार्गनिर्माण गर्छ, त्यसैले लगनशीलतासँग अघि बढ्नुपर्छ।”

nawajiwan

Attariya Hospital

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक वीरसिंह महताले नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयका नियम, शैक्षिक लक्ष्य र अवसरबारे जानकारी दिँदै सकारात्मक सोच राखेर अध्ययनमा केन्द्रित हुन प्रोत्साहन गरे। उनले विद्यालयले प्रत्येक विद्यार्थीलाई सिर्जनात्मक, अनुशासित र उत्तरदायी नागरिक बनाउन प्रतिबद्ध रहेको बताए।

सांस्कृतिक कार्यक्रम, नाटक तथा एनसीसी कवाजसहित सम्पन्न स्वागत कार्यक्रममा विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए। दुर्गालक्ष्मी नमूना माविको यो परम्पराले नयाँ विद्यार्थीहरूमा आत्मविश्वास र प्रेरणा थपेको विद्यालयले जनाएको छ।