अछामका लोकसेन्द्र बोहराको असाधारण सफलता: पहिलो प्रयासमै लोकसेवाका सात स्थानमा नाम

Image
Nisarga Hospital

अछामको मंगलसेन–४ नवविसका लोकेन्द्र बोहराले लोकसेवा आयोगको परीक्षामा दुर्लभ सफलता हासिल गरेका छन्। पहिलो प्रयासमै उनले प्रदेश तथा संघीय तहका ७ वटा पदमा नाम निकालेर उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्।

CP Hospital Dhangadhi

२०७८ पुसदेखि २०८२ भदौबीच उनले विभिन्न प्रदेश लोक सेवा आयोगले लिएको हेल्थ असिस्टेन्ट (पाँचौँ) र अहेव (चौथो) तहका परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी, कर्णाली, कोशी र संघीय तहका सातवटै सूचिमा नाम निकाल्न सफल भए।

बोहराले गण्डकीमा अहेव, कर्णाली, कोशी र गण्डकीमा हेल्थ असिस्टेन्ट, कोशीमा अहेव, नेपाल प्रहरी–प्राविधिक प्रहरी सहायक निरीक्षक तथा संघीय हेल्थ असिस्टेन्ट तहमा नाम सार्थक बनेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सात ठाउँबाट नाम निकाल्दै पनि उनले तीन स्थानमा मात्र अन्तर्वार्ता दिएका थिए। हाल उनी ‘कालिकोटमा हेल्थ असिस्टेन्ट (पाँचौँ तह)’का रूपमा कार्यरत छन्।

बोहराको कठोर मेहनत र निरन्तर तयारीले युवाहरूका लागि प्रेरणादायी उदाहरण स्थापित भएको स्थानीयहरू बताउँछन्।

Dhnagadhi & Krishanapur