अछामका लोकसेन्द्र बोहराको असाधारण सफलता: पहिलो प्रयासमै लोकसेवाका सात स्थानमा नाम

Image
Nisarga Hospital

अछामको मंगलसेन–४ नवविसका लोकेन्द्र बोहराले लोकसेवा आयोगको परीक्षामा दुर्लभ सफलता हासिल गरेका छन्। पहिलो प्रयासमै उनले प्रदेश तथा संघीय तहका ७ वटा पदमा नाम निकालेर उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्।

CP Hospital Dhangadhi

२०७८ पुसदेखि २०८२ भदौबीच उनले विभिन्न प्रदेश लोक सेवा आयोगले लिएको हेल्थ असिस्टेन्ट (पाँचौँ) र अहेव (चौथो) तहका परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी, कर्णाली, कोशी र संघीय तहका सातवटै सूचिमा नाम निकाल्न सफल भए।

बोहराले गण्डकीमा अहेव, कर्णाली, कोशी र गण्डकीमा हेल्थ असिस्टेन्ट, कोशीमा अहेव, नेपाल प्रहरी–प्राविधिक प्रहरी सहायक निरीक्षक तथा संघीय हेल्थ असिस्टेन्ट तहमा नाम सार्थक बनेको छ।

nawajiwan
Attariya Hospital

सात ठाउँबाट नाम निकाल्दै पनि उनले तीन स्थानमा मात्र अन्तर्वार्ता दिएका थिए। हाल उनी ‘कालिकोटमा हेल्थ असिस्टेन्ट (पाँचौँ तह)’का रूपमा कार्यरत छन्।

बोहराको कठोर मेहनत र निरन्तर तयारीले युवाहरूका लागि प्रेरणादायी उदाहरण स्थापित भएको स्थानीयहरू बताउँछन्।