अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस क्यूएए प्रमाणपत्रको अन्तिम चरणमा

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–२ उत्तर वनखेतस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पस क्यूएए (क्वालिटी एस्युरेन्स एण्ड एक्रेडिटेसन) प्राप्तिको अन्तिम चरणमा प्रवेश गरेको छ। विश्वविद्यालय अनुदान आयोगको एजुकेशनल क्वालिटी एस्युरेन्स एण्ड एक्रेडिटेसन काउन्सिलको पियर रिभ्यू टिमले मंगलबार क्याम्पसमा पुगेर फाइनल एसेसमेन्ट गरेको हो।

CP Hospital Dhangadhi

क्याम्पसले २०७५ सालदेखि क्यूएए प्राप्तिका लागि प्रयास गर्दै आएको हो। स्वअध्ययन प्रतिवेदन पेश गरी लामो तयारीपछि आजको फाइनल मूल्यांकन कार्यक्रम आयोजना गरिएको छ। क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐरले गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने संस्थाको रूपमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस स्थापित रहेको बताए।

युजीसीका निर्देशक प्रा. डा. तिर्थराज खनीयाले क्याम्पसले भौतिक र शैक्षिक सुधारमा उल्लेखनीय प्रगति गरेको टिप्पणी गर्दै भने, “क्यूएए पाउनु कुनै दयाबाट होइन, संस्थाको गुणस्तरीय स्थिति र मापदण्ड पूरा गर्ने क्षमताबाट निर्धारण हुन्छ।” क्यूएए प्राप्त भएपछि पाँच वर्षभित्र पुनः मूल्याङ्कनको प्रक्रिया हुनेछ।

nawajiwan
Attariya Hospital

त्रिभुवन विश्वविद्यालय अन्तर्गत विसं २०६३ मा स्थापना भएको क्याम्पसले स्नातकोत्तर तहको पढाइ २०७० देखि सुरु गरेको हो। हाल १५७७ विद्यार्थी र ४२ प्राध्यापक/कर्मचारीसहित मानविकी, शिक्षाशास्त्र र व्यवस्थापनका विषयहरु पढाइ भइरहेका छन्। भविष्यमा विज्ञान, सिभिल, कम्प्युटर जस्ता नयाँ सङ्काय थप गर्ने योजना रहेको छ।

क्यूएए प्रमाणपत्रले क्याम्पसको गुणस्तरीय पढाइ र प्रभावकारी अध्ययन–अध्यापन कार्यको प्रमाणीकरण गर्छ। यसले विद्यार्थी, शिक्षक र अभिभावकमा विश्वास जगाउने साथै उच्च शिक्षा गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।