गोदावरी नगरपालिकामा बालमैत्री नगरपालिका लक्ष्यका लागि स्थानीय समिति गठन

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यअनुरुप स्थानीय समिति गठन गरिएको छ। बुधबार वडा नम्बर १ मा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष गोपालदत्त भट्टको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो।

CP Hospital Dhangadhi

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख गोदावरी धामीले कार्यक्रममा बालमैत्री अवधारणा, सूचक, हालको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामबारे प्रस्तुतीकरण दिएकी थिइन्। साथै, स्थानीय समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण पनि प्रदान गरिएको थियो।

Attariya Hospital

वडा अध्यक्ष भट्टले बालमैत्री नगरपालिका घोषणाका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै नगरको यो अभियान सफल बनाउन सबैको सहभागिता जरुरी रहेको बताए। उनले बालबालिकामा लगानी गर्दा देशले योग्य र जिम्मेवार नागरिक पाउने भएकाले यस अभियानलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिए।

nawajiwan

नगरपालिकाका १२ वटै वडामा क्रमशः स्थानीय समिति गठन गरिने तयारी भइरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जानकारी दिएको छ।