सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आजका लागि कतिमा हुँदै छ त कारोबार?

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुनको मूल्य पुनः उकालो लाग्दै तोलामा साढे २ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ, जसले नेपाली बजारमा सुनको निरन्तर बढ्दो मूल्य ट्रेन्डलाई थप पुष्टि गरेको छ।

CP Hospital Dhangadhi

यसअघि बिहीबार सुन तोलामा २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो। एकैदिनमा प्रतितोला झन्डै २ हजार २०० रुपैयाँले बढेपछि सुन बजार फेरि चहलपहलमा आएको छ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार प्रतितोला ३ हजार २८० रुपैयाँ रहेका चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

सुन–चाँदी दुवैका मूल्यमा आएको वृद्धिले बजारमा नयाँ प्रभाव पार्ने अनुमान गरिएको छ। उपहार, विवाह तथा लगानीका रूपमा प्रयोग हुने सुनचाँदीको मूल्य बढ्दा उपभोक्ता र व्यापारी दुवै प्रभावित हुने देखिएको छ।