
धनगढीमा आज नेपाल कम्युनिस्ट पार्टीको एकता सन्देश सभा निर्धारित भएपछि सुरक्षातन्त्र पूर्ण रूपमा सक्रिय बनाइएको छ। धनगढी रङ्गशालामा आयोजना हुने सभालाई लक्षित गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या फिल्डमा खटाइएको छ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार कैलाली जिल्लाभर एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख नाका, भीडभाडयुक्त बजार क्षेत्र र राजमार्गहरूमा सुरक्षा व्यवस्थालाई विशेष रूपमा कडाइ गरिएको छ।

यस मध्ये सबैभन्दा धेरै सुरक्षाकर्मी धनगढीमा केन्द्रित गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। मुख्य चोक, रङ्गशाला वरपर तथा क्याम्पस चोक हुँदै चौराहातिर नेकपाको जुलुस निस्किन थालेपछि सुरक्षा व्यवस्था अझ कडा पारिएको बताइएको छ।

































