भिम रावलको धमाका: “मिसन ०८४ होइन, पतन ०८४” – सुदूरपश्चिमबाट नेकपा एक नम्बरमा आउँछ

Image
Nisarga Hospital

धनगढी: नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भनेका छन् कि “मिसन ०८४ होइन, पतन ०८४ आउँदैछ।” शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभामा उनले ओलीमाथि जेनजी आन्दोलनको संरचनामा खरानी धसेर जनतालाई तर्साउन खोजेको आरोप लगाए।

CP Hospital Dhangadhi
Attariya Hospital

रावलले सुदूरपश्चिमका जनता राष्ट्रिय स्वाधिनताको झण्डा बोकेर उत्रने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनका लागि पार्टी तयार रहेको बताए। उनले भने, “हामी विगतका गल्तीहरू दोहोरिन नदिई निर्वाचन सम्पन्न गराउने लक्ष्यमा छौं।”

उनले सुदूरपश्चिमबाटै नेपाली कम्युनिस्ट पार्टी एक नम्बर दल बन्ने दाबी गर्दै सभामा आएका जनता एकजुट भएर निर्वाचनमा सहभागी हुने बताए। रावलले सबै जाति, भाषा, धर्म र क्षेत्रका जनतालाई एकजुट गराउँदै पार्टीले सुदूरपश्चिममा जनताको ताजा जनादेश प्राप्त गर्ने विश्वास व्यक्त गरे। उनको सम्बोधनले आगामी चुनावमा पार्टीको एकता र तयारीलाई सुदृढ सन्देश दिएको छ।