
यस माया मेट्रो हस्पिटल प्रालिले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीलाई सवारी चेकजाँचलाई थप व्यवस्थित र सुरक्षित बनाउन चेकिङ बोर्ड प्रदान गरेको छ। गत भदौ २२ र २३ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीका विभिन्न पोष्ट तथा सामग्रीहरू क्षति पुगेका थिए, जसमा चेकिङ बोर्डहरू समेत नष्ट भएका थिए।

चेकजाँचका क्रममा आवश्यक उपकरण अभाव हुँदा प्रहरीले दैनिक कार्यसम्पादनमा कठिनाइ भोगिरहेको अवस्थामा अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहलाई चेकिङ बोर्ड हस्तान्तरण गरे।
बोर्ड प्राप्त गरेपछि डिएसपी सिंहले अस्पतालले गरेको सहयोगले ट्राफिक चेकजाँच कार्य झनै प्रभावकारी र सहज बन्ने बताउँदै अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरे। उनले अस्पतालले देखाएको सामाजिक उत्तरदायित्वले समुदाय–प्रहरी सहकार्य अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरे।



























