
अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढाव र मूल्य वृद्धिसँगै आन्तरिक बजारमा सुनको भाउ निरन्तर बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २,५२,२०० कायम भएको छ भने चाँदी तोलामा रु ३,४९० मा कारोबार भइरहेको छ।

शुक्रबार सुन प्रतितोला रु २,५०,६०० र चाँदी रु ३,३४५ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४,१७५ अमेरिकी डलरमा र चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





























