भोली कैलालीको अत्तरियामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा, भीम रावल आउदै

Image
Nisarga Hospital

नेपाली कम्युनिस्ट पार्टीले अत्तरियामा नगरस्तरीय एकता सन्देश सभा आयोजना गर्न लागेको छ। सोमबार (भोलि) अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा आयोजना हुन लागेको सभाका प्रमुख अतिथि पार्टीका नेता भीम रावल रहने छन् ।

CP Hospital Dhangadhi

पार्टीका गोदावरी क्षेत्रीय नेता धर्म कुँवरका अनुसार, सभा मार्फत स्थानीय तहमा पार्टी एकता र भविष्यका कार्ययोजनाबारे जनता माझ जानकारी गराउने उद्देश्य राखिएको छ।

Attariya Hospital

पार्टीले मंसिर १२ गते धनगढीमा सफल एकता सभा सम्पन्न गरेको थियो। माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १२ वटा घटकको समायोजनपछि बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टीले अहिले प्रदेश तथा स्थानीय तहस्तरीय एकता सभाहरु आयोजना गर्दै आएको छ।

nawajiwan

यस क्रममा पार्टीले संगठनात्मक स्थायित्व र क्षेत्रीय एकतालाई बलियो बनाउन जनता र कार्यकर्तामा संदेश प्रवाह गर्ने योजना बनाएको छ।