
आज सोमबार स्थानीय बजारमा सुनको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ७ सय रुपैयाँले उक्लिँदै २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ।


यस्तै, चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

































