सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २०० रुपैयाँले बढी हो। मंगलबार प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार थप महँगो बनेको हो।

CP Hospital Dhangadhi

यस्तै, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। मंगलबार प्रतितोला ३,६०० रुपैयाँमा रहेको चाँदी बुधबार एकैदिनमा १५० रुपैयाँले बढ्दै ३,७५० रुपैयाँ पुगेको छ। सुन–चाँदी दुवैको मूल्यमा भएको यो वृद्धि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव तथा भूराजनीतिक प्रभावका कारण भएको बताइन्छ।

बजारमा मूल्य वृद्धिसँगै लगानीकर्ता तथा उपभोक्ताहरू सतर्क बनेका छन्, जबकि आगामी दिनमा मूल्य कता जान्छ भन्ने विषयमा सबैको नजर केन्द्रित छ।