
बिहीवार नेपाली बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँ पुगेको छ। बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज थप महँगिएको हो।

चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार ५५ रुपैयाँले बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।





























