
शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य उच्च दरमा वृद्धि भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अनुसार एकैदिन सुन प्रतितोला ३५ सय रुपैयाँले बढेको हो।

बिहीवार प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। लगातारको बजार अस्थिरताबीच आएको यो वृद्धि पछिल्लो समयकै उल्लेखनीय हो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीवार ३ हजार ८०५ रुपैयाँमा रहेको चाँदी शुक्रबार ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको छ, अर्थात् प्रतितोला १०० रुपैयाँको वृद्धि।

बढ्दो अन्तर्राष्ट्रिय मूल्य, राजनीतिक तथा आर्थिक अनिश्चितता र बजारमा बढ्दो मागका कारण सुन–चाँदीको मूल्य उकालो लागिरहेको व्यवसायीहरूको धारणा छ।





























