
आइतबार नेपाली बजारमा सुनको मूल्यले एकैदिन उल्लेखनीय उछाल लिएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले वृद्धि भएको हो।

यसअघि शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आइतबार बढेर २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, डलरको विनिमय दर र लगानीकर्ताको बढ्दो आकर्षणका कारण स्थानीय बजारमा पनि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ।
यसैबीच चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ८० रुपैयाँले घट्दै ३ हजार ८२५ रुपैयाँमा झरेको छ। शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेपछि चाँदी व्यवसायी र उपभोक्ताले केही राहत महसुस गरेका छन्। सुन महँगिँदा गहना खरिदमा चासो घट्न सक्ने अनुमान गरिए पनि लगानीको रूपमा सुनप्रति आकर्षण भने कायमै रहने देखिन्छ।





























