खेलाडीको हौसला बढाउँदै कृष्णपुर–२ को वडा कार्यालय, राष्ट्रपति रनिङ सिल्डका लागि जर्सी वितरण

Image
Nisarga Hospital

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ को कार्यालयले भोलिदेखी हुने १६औँ नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई खेल जर्सी वितरण गरेको छ।

CP Hospital Dhangadhi

वडा कार्यालयले प्रतियोगितामा सहभागी दुई विद्यालय उदय माध्यमिक विद्यालय, बंक र सरस्वती माध्यमिक विद्यालय, बाणी का ४०/४० जना विद्यार्थीलाई जर्सी प्रदान गरेको हो।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन सिंह साउँदले खेलाडीको हौसला र प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले जर्सी वितरण गरिएको बताए। उनले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिने बताए।

Attariya Hospital

सरस्वती माध्यमिक विद्यालय, बाणीका प्रधानाध्यापक अम्बादत्त बडु र उदय माध्यमिक विद्यालय, बंकका प्रधानाध्यापक बम्मन रानाले वडा कार्यालयबाट प्राप्त जर्सीले प्रतियोगितामा सहभागी विद्यार्थीलाई सहज हुने विश्वास व्यक्त गरे। जर्सी वितरणपछि खेलाडीहरू उत्साहित देखिएका छन्।

nawajiwan