सुन र चाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड, बजार तातेको अवस्था

Image
Nisarga Hospital

नेपाली बजारमा सुन र चाँदीको भाउले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ। बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

अघिल्लो दिन सुनको भाउ ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरणअनुसार पछिल्ला केही दिनयता सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ।

त्यस्तै चाँदीको भाउमा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिशतका आधारमा हेर्दा सुनको तुलनामा चाँदीको मूल्य वृद्धिदर अझ बढी देखिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलरको उतारचढाव र लगानीकर्ताको बढ्दो आकर्षणले बहुमूल्य धातुको मूल्यमा निरन्तर दबाब सिर्जना भएको व्यवसायीहरू