
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। गत बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार मूल्य दुई लाख ६७ हजार ५०० रुपैयाँमा झरेको थियो।

आज सुन प्रतितोला दुई लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ, जुन पछिल्लो रेकर्डभन्दा प्रतितोला १,२०० रुपैयाँ बढी हो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार तोलामा चार हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ५ सय ६५ रुपैयाँमा पुगेको छ, जसमा प्रतितोला १६५ रुपैयाँको वृद्धि भएको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४,५१० अमेरिकी डलरमा कारोबार भइरहेको छ। मुलुकमा सुन–चाँदीको मूल्य बढ्दै गएसँगै लगानीकर्ताको चासो बढिरहेको छ र बजारमा उत्साहको वातावरण बनिरहेको छ।





























