स्वतन्त्र राजनीतिलाई विश्राम: बालेन रास्वपामा समाहित, भावी प्रधानमन्त्रीका रूपमा अघि सारियो

Image
Nisarga Hospital

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा ऐतिहासिक जित हासिल गरेका बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएका छन्। आइतबार बिहान रास्वपा नेतृत्वसँग भएको सहमतिपछि बालेनले दलगत राजनीतिमा प्रवेश गरेका हुन्।

CP Hospital Dhangadhi

सहमति अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता बन्ने अवस्था आए बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारिने उल्लेख गरिएको छ। रास्वपाको नेतृत्व भने पार्टी सभापति रवि लामिछानेले नै गर्ने सहमति भएको छ।

दुवै पक्षबीच भएको सहमतिमा पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न ‘घण्टी’ नै कायम रहने जनाइएको छ। बालेनले काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिह्न प्रयोग गरेका थिए। नयाँ राजनीतिक दल दर्ता गरेर चुनाव लड्ने विकल्पमा रहेका बालेन अन्ततः रास्वपामार्फत राष्ट्रिय राजनीतिमा अघि बढ्ने निष्कर्षमा पुगेका हुन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सहमति पत्रमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहको हस्ताक्षर रहेको छ। सहमति सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा ‘घण्टी’ बजाएको इमोजीसहित शुभ प्रभात लेख्दै आफू सहमतिपत्रमा हस्ताक्षर गरेको जानकारी दिएका छन्। यस घटनालाई नेपाली राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

Dhnagadhi & Krishanapur