सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार सामान्य घटेर २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको हो। सुनको मूल्यमा सानो उतार–चढाव भए तापनि बजारमा सामान्य स्थिरता रहेको व्यवसायीहरूले बताएका छन्।

CP Hospital Dhangadhi

सुनसँगै चाँदीको मूल्यमा पनि हल्का परिवर्तन आएको छ। आइतबार तोलामा ४ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ। व्यवसायी महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य बढेका कारण नेपालमा पनि चाँदीको मूल्यमा वृद्धि देखिएको हो।

यो साप्ताहिक बजार समीक्षा अनुसार, सुनको मूल्यमा सामान्य स्थिरता र चाँदीमा थोरै वृद्धि हुँदै आएको छ, जसले उपभोक्ता र व्यवसायी दुवैलाई बजारको वर्तमान स्थिति बुझ्न सहज बनाएको छ।