समानुपातिक बन्दसूची बुझाउने समयसीमा आज, कांग्रेस अझै सूचीमै अल्झियो

Image
Nisarga Hospital

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने प्रक्रिया जारी रहेको छ। निर्वाचन आयोगका अनुसार गएराति १२ बजेसम्म धरौटी बुझाएर निस्सा लिएका राजनीतिक दलहरूले आज बिहान १० बजेसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन पाउने छन्।

CP Hospital Dhangadhi

यसैबीच, विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने हालसम्म निर्वाचन आयोगमा आफ्नो समानुपातिक बन्दसूची बुझाउन सकेको छैन। बन्दसूची लिएर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार आयोग पुगे पनि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएकाले प्रक्रिया रोकिएको बताइएको छ।

कांग्रेस स्रोतका अनुसार पार्टीभित्र उम्मेदवार छनोटलाई लिएर विवाद भइरहेकाले सूची तयार पार्ने काममै ढिलाइ भएको हो। समयसीमा नजिकिँदै गर्दा कांग्रेसले अन्तिम समयमा सूची बुझाउन सक्ने वा नसक्ने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

Dhnagadhi & Krishanapur