चुनावमा नारा होइन योजना माग्नुस्: सुदूरपश्चिमको गरिबी घटाउने रोडम्याप खोज्न मेयर हमालको आग्रह

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अब आउने निर्वाचनमा राजनीतिक दल र उम्मेदवारसँग सुदूरपश्चिमको गरिबी घटाउने स्पष्ट रोडम्याप माग्न आम नागरिकलाई आग्रह गरेका छन्। पुस १५ तथा तमु ल्होसारको अवसरमा जारी भिडियो सन्देशमार्फत उनले सुदूरपश्चिममा गरिबीको अवस्था झनै गम्भीर बन्दै गएको उल्लेख गर्दै योजनाबिना हुने राजनीतिक बहस अर्थहीन हुने बताए।

CP Hospital Dhangadhi

Attariya Hospital

मेयर हमालका अनुसार राजनीतिक परिवर्तन धेरै भए पनि सुदूरपश्चिमको विकासको गति अझै दयनीय छ। उनले कर्णाली प्रदेशको उदाहरण दिँदै सन् २०१९ मा ३९.५० प्रतिशत रहेको गरिबी दर घटाएर २६.६९ प्रतिशतमा झार्न सफल भएको बताए। त्यसको विपरीत सुदूरपश्चिममा सोही समयमा २५.३ प्रतिशत रहेको गरिबी दर बढेर अहिले ३४.१६ प्रतिशत पुगेको उनको भनाइ छ।

nawajiwan

उनले चुनावको बेला नेताहरूले दिने आश्वासनभन्दा ठोस योजना महत्वपूर्ण हुने बताए। अब मतदाताले “सुदूरपश्चिमको गरिबी कसरी घट्छ?” भन्ने प्रश्न सोध्नैपर्ने समय आएको उनले उल्लेख गरे। गरिबी घटाउने स्पष्ट योजना, अध्ययन र कार्ययोजना भएको उम्मेदवार मात्रै छनोट गर्न उनले सम्पूर्ण सुदूरपश्चिमवासीलाई आग्रह गरेका छन्।