सुन किन्नेहरुका लागि खुसीको खबरः तोलामा १ हजार बढी घट्यो !

Image
Nisarga Hospital

स्थानीय बजारमा बुधवार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेर २ लाख ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

CP Hospital Dhangadhi

मंगलबार सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० र सोमबार २ लाख ७० हजार रुपैयाँ कायम थियो। यसअघि आइतबार २ लाख ७० हजार ६०० रुपैयाँमा पुगेको सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा घट्न पुगेको हो।

Attariya Hospital

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा ४ हजार ९५० रुपैयाँ रहेको चाँदीको मूल्य बुधवार घटेर ४ हजार ४७० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्यमा हुने उतारचढाव स्थानीय बजारमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ। विशेषज्ञका अनुसार आगामी दिनमा विदेशी बजारको मूल्य अनुसार स्थानीय मूल्यमा फेरबदल हुँदै जान सक्छ।

nawajiwan

सुन र चाँदीमा लगानी गर्ने व्यक्तिहरूले मूल्य घटबढलाई ध्यानमा राखेर निर्णय गर्नु उपयुक्त हुने व्यवसायीहरूको सुझाव छ।