
नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। केही दिनअघि २ लाख ७० हजार ६०० रुपैयाँको रेकर्ड मूल्य कायम भएको छापावाल सुन, लगातार घट्दै बिहीबार २ लाख ५९ हजार ६०० रुपैयाँमा पुग्यो। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १४०० रुपैयाँले घटेको छ।

बुधबार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। यसरी सुनको मूल्यमा निरन्तर घटबढ भइरहेकोले व्यापारी र लगानीकर्ताहरूको ध्यानाकर्षण बढेको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ४ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
विशेषज्ञहरूले सुन र चाँदीको मूल्य बजार माग, आपूर्ति र अन्तर्राष्ट्रिय बजारको असरका कारण अस्थिर रहेको बताएका छन्। लगानीकर्ताले सुनमा लगानी गर्दा मूल्यको उतार–चढावलाई ध्यानमा राख्नुपर्ने चेतावनी दिएका छन्।





























