सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुँदै छ कारोबार

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ, जसमा २ हजार ९०० रुपैयाँको वृद्धि भएको हो।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ४ हजार ५२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
विशेषज्ञहरूले मूल्य वृद्धिलाई विश्व बजारमा सुनको मूल्य बढ्नु, विदेशी मुद्रा सटहीमा उतार–चढाव र घरेलु माग–आपूर्तिको सन्तुलनले असर गरेको बताउँछन्। व्यापारिहरूले बजारमा सुनको मूल्य वृद्धिले उपभोक्तामा प्रभाव पर्न सक्ने र लगानीकर्ताहरूको ध्यान आकर्षित हुने उल्लेख गरेका छन्।

यस वृद्धि पछि उपभोक्ताहरूले सुन–चाँदी किनमेल गर्दा मूल्य सन्तुलनमा ध्यान दिनुपर्ने जनाइएको छ।