बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल: साहारा क्लब सुख्खड र गौरीगंगा ११ स्पोटर्स क्लब विजयी

Image
Nisarga Hospital

धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा साहारा युवा क्लब सुख्खड र गौरीगंगा ११ स्पोटर्स क्लब विजयी भएका छन ।

CP Hospital Dhangadhi

आइतबार सम्पन्न पहिलो खेलमा साहारा युवा क्लब सुख्खडले हरीयाली युवा क्लब जोशीपुरलाई टाइब्रेकरमा ४ – २ गोल अन्तरले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुवात गरेको छ ।

खेलको सुरु भएको दुई मिनेटमै साहारा युवा क्लब सुख्खडका सौगात धामीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि खेलको २५औं मिनेटमा हरीयाली युवा क्लब जोशीपुरका अरविन्द्र डगौंराले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

nawajiwan

टाइब्रेकरमा साहारा युवा क्लब सुख्खडले ४ गोल गर्दा हरीयाली युवा क्लब जोशीपुरले मात्र २ गोल गर्न सक्यो । टाइब्रेकरमा साहारा युवा क्लब सुख्खडका लागि २ प्रहार बचाएका अनिल नेपाली म्यान अफ दी म्याच चुनिए ।

आजै सम्पन्न दोश्रो खेलमा गौरीगंगा ११ स्पोटर्स क्लबले युथ अफ टिकापुरलाई ३ – १ गोल अन्तरले पराजित गर्दै प्रतियोगीतामा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो खेलमा कैलारी गाउँपालिकाको न्यू युवा सुन्दर शक्ती क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगीतामा शानदार सुरुवात गरेको युथ अफ टिकापुरले दोश्रो खेलमा सोहि लयलाई कायम राख्न नसक्दा प्रतियोगीताबाट बाहिरिएको छ ।

Attariya Hospital

खेलको सुरु भएको ७औं मिनेटमै गौरीगंगा ११ स्पोटर्स क्लबका सन्तोष बोहराले गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि त्यसको २ मिनेटपछि ९औं मिनेटमै युथ अफ टिकापुरका प्रिन्स रावलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि २१औं मिनेटमा रबिन्द्र बिकले गोल गर्दै टोलीलाई २ – १ को अवस्थामा पुर्याए । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको दोश्रो हाफको अत्यतिर खेलको ८२औं मिनेटमा गौरीगंगा ११ स्पोटर्स क्लबका आदर्श साउँदले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । आर्दश खेलको म्यान अफ दी म्याच चुनिए ।

प्रतियोगीताको छैटौं खेलमा सोमबार संघर्ष स्पोटर्स क्लब गोदावरी र बसर युवा क्लब चुरेका बीच प्रतिस्पर्धा हुनेछ ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी छन्।

पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।
साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।