पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा

Image
Nisarga Hospital

जेनजी आन्दोलनको घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरेको छ। आयोगले छानबिन प्रक्रिया सुरु गरेपछि तत्कालीन प्रधानमन्त्रीका हैसियतमा रहेका ओलीसहित सम्बन्धित अधिकारीहरूलाई स्थानहद लगाएको थियो। अन्य सबैको स्थानहद यसअघि नै फुकुवा भइसके पनि ओलीको भने बाँकी रहेको थियो।

CP Hospital Dhangadhi

आइतबार आयोगले प्रधानमन्त्री ओलीसँग बयान लिएको थियो। बयान प्रक्रिया सम्पन्न भएसँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

Attariya Hospital

आयोगले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा स्थानहद कायम राख्नुपर्ने औचित्य समाप्त भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘घटनासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाहीबारे आयोगले आवश्यक सोधपुछ तथा बुझ्ने कार्य सम्पन्न गरिसकेको हुँदा विदेश भ्रमण तथा उपत्यका छाड्न नपाइने निर्णय समाप्त भएको हो।’

nawajiwan