शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो पहिलो उपकुलपति, औपचारिक नेतृत्वको ढोका खुल्दै

Image
Geta Medical
Nisarga Hospital

कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलो पटक औपचारिक कार्यकारी नेतृत्व पाएको छ। मंगलबार बसेको विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति पदमा नियुक्ति गरेसँगै विश्वविद्यालय सञ्चालनको औपचारिक ढोका खुल्यो।

CP Hospital Dhangadhi

उपकुलपति विश्वविद्यालय सभा र कार्यकारी परिषद्को निर्णय कार्यान्वयन गर्ने, सम्पूर्ण गतिविधिमा सामान्य नियन्त्रण र रेखदेख गर्ने, विकास कार्यक्रम तय गर्ने र जनगुनासो सम्बोधन गर्ने जिम्मेवारी लिनेछन्। कार्यकाल ४ वर्षको हुनेछ र आवश्यक परेमा पुनः नियुक्ति हुन सक्ने व्यवस्था छ।

विश्वविद्यालय कार्यान्वयनसँगै हाल स्वास्थ्य मन्त्रालय मातहत रहेको गेटा अस्पताल विश्वविद्यालय मातहत आउनेछ। गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिक्षण अस्पताल स्थापना गरिनेछ। यसैगरी अनुसन्धान केन्द्र, शैक्षिक संस्था र छुट्टै कोष व्यवस्थापनको समेत व्यवस्था ऐनमा उल्लेख छ।

nawajiwan
Attariya Hospital

सम्बन्धित समाचार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन, उपकुलपति र रजिष्ट्रार नियुक्ति