
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भयो। बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टपसुची अनुमोदन गरेको छ।

उम्मेदवारको नामावलिमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा (धनकुटा), मधेश प्रदेशबाट धमेन्द्र पासवान (रौतहट) र रन्जित कर्ण (सप्तरी)–दलित/अल्पसंख्यक/अपाङ्गता, बागमती प्रदेशबाट गीता देवकोटा (महिला), गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (तनहुँ), लुम्बिनी प्रदेशबाट वासुदेव जंगली (दाङ) र चन्द्रबहादुर के.सी. (गुल्मी)–अपाङ्गता/अल्पसंख्यक, कर्णाली प्रदेशबाट ललितजंग शाही (जुम्ला), सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (बाजुरा) रहेका छन्।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु फरमुल्लाह मंसुर, महेन्द्र यादव र अन्य नेताहरूले धारणा राख्दै उम्मेदवार चयन प्रक्रियाको पारदर्शिता र समावेशितामा जोड दिएका थिए।

































