सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

CP Hospital Dhangadhi

यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, डलरको विनिमय दर र स्थानीय माग–आपूर्तिको अवस्थाले सुनको मूल्य प्रभावित भएको महासंघले जनाएको छ ।

Attariya Hospital

यता, चाँदीको मूल्य भने शुक्रबार घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम थियो । पछिल्ला दिनहरूमा सुनको मूल्यमा क्रमिक उतारचढाव देखिँदै आएको छ भने चाँदीको मूल्य पनि स्थिर नहुँदा उपभोक्ता तथा व्यवसायी दुवै मूल्य परिवर्तनप्रति चनाखो देखिएका छन् ।

nawajiwan