
सुनले तोड्यो नयाँ कीर्तिमान: मूल्य प्रतितोला २,७४,७०० रुपैयाँमा पुगे

सुनको मूल्यले सोमबार फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँ तोकेको छ,

जुन अघिल्लो दिनको २ लाख ७० हजार ६०० रुपैयाँभन्दा ४ हजार १०० रुपैयाँले बढी हो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ, जुन आइतबारको ४ हजार ९९० रुपैयाँभन्दा २९५ रुपैयाँले बढी हो।
































