नेपाली बजारमा सुन–चाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलामै सुन २ लाख ७६ हजार नाघ्यो

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यससँगै १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ५५ रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

सोमबार मात्रै छापावाल सुनको मूल्य तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो, जुन त्यतिबेलासम्मकै उच्च मूल्य मानिएको थियो। तर एकै दिनमै मूल्य थप बढ्दै मंगलबार नयाँ कीर्तिमान कायम भएको हो।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। मंगलबार चाँदी तोलामा ५ हजार ३४० रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य ५ हजार १९५ रुपैयाँ रहेको थियो। सुन–चाँदी दुवैको मूल्य निरन्तर उकालो लागेपछि बजारमा चासो र चर्चा बढेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur