रवि लामिछानेको मुद्दा फिर्ता निर्णयप्रति ओलीको कडा आपत्ति, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलंकित’

Image
Nisarga Hospital

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

CP Hospital Dhangadhi

बिहीबार काठमाडौंमा आयोजित ४२औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै ओलीले मुलुकमा थिति र विधिको शासन कमजोर बनेको टिप्पणी गरे। उनले सुशासनको अभावका कारण ठगी, भ्रष्टाचार र अपराधमा संलग्न व्यक्तिहरूले समेत मुद्दा फिर्ता र आममाफी पाउने अवस्था सिर्जना भएको व्यंग्य गरे।

Attariya Hospital

‘आरोपीको मुद्दा फिर्ता लिएपछि ठगिएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?’ भन्दै उनले प्रश्न गरे। ओलीले कानून सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै हालको शासन व्यवस्थाले गलत प्रवृत्तिलाई प्रोत्साहन गरेको आरोप लगाए।

nawajiwan

उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको भौतिक आक्रमणप्रति पनि चिन्ता व्यक्त गर्दै यसप्रति मौनता देखिनु समाजको गम्भीर असभ्यताको संकेत भएको बताए। ओलीले महान्यायाधिवक्ताको कार्यालयलाई इतिहासकै लागि कलंकित भएको संस्थाको रूपमा टिप्पणी गरे।