सुनचाँदीको मूल्यमा निरन्तर उकालो, बजारमा हलचल

Image
Nisarga Hospital

स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि हुँदै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोला सुनको मूल्य रु २,७७,२०० कायम भएको छ भने चाँदीको मूल्य रु ५,६४५ पुगेको छ। विगत पाँच दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर उकालो देखिएको छ।

CP Hospital Dhangadhi

बिहीबार एक तोला सुन रु २,७६,५०० र चाँदी रु ५,४८५ मा कारोबार भएको थियो। बुधबार सुन रु २,७८,००० र चाँदी रु ५,६५५ मा पुगेको थियो भने मङ्गलबार सुन रु २,७६,५०० र चाँदी रु ५,३४० मा कारोबार भएको थियो। आइतबारको तुलनामा हिजो सुन तोलामा रु ४,१०० ले बढेर रु २,७४,७०० मा पुगेको थियो।

विशेषज्ञहरूका अनुसार आन्तरिक माग र अन्तर्राष्ट्रिय बजारका प्रभावले मूल्य उकालोमा रहेका हुन्। उपभोक्ता र व्यापारी दुवैले बजारको नियमित अनुगमन गर्नुपर्ने अवस्था छ। सुनचाँदीको बढ्दो मूल्यले लगानीकर्ताबीच उत्साह पैदा भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur