कांग्रेसको आधिकारिकता विवाद सर्वोच्चमा, देउवा समूहले दायर गर्‍यो रिट

Image
Nisarga Hospital

नेपाली कांग्रेसभित्र चुलिँदै गएको आधिकारिकता विवाद अब सर्वोच्च अदालत पुगेको छ। निर्वाचन आयोगले गगन थापा समूहलाई आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गराएको हो। रिटको पेसी यही माघ ६ गतेका लागि तोकिएको छ।

CP Hospital Dhangadhi

देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय संविधान, दलसम्बन्धी कानुन र पार्टी विधानविपरीत रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। आयोगले विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि कांग्रेसभित्र विवाद थप गहिरिएको छ।

शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयलाई स्वीकार नगर्ने र राजनीतिक तथा कानुनी दुवै मोर्चाबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अदालतको ढोका ढकढक्याइएको देउवा पक्षको भनाइ छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कांग्रेसभित्र दुई पक्षबीचको टकराव अदालतसम्म पुगेसँगै पार्टीको आन्तरिक राजनीति थप जटिल बन्दै गएको छ। अब सर्वोच्च अदालतको फैसलाले कांग्रेसको नेतृत्व र आधिकारिकताको दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur