सुदूरपश्चिममा प्रतिनिधिसभा निर्वाचनको चहलपहल, २१० उम्मेदवार मैदानमा

Image
Nisarga Hospital

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको छ। मंगलबार प्रदेशका १६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कुल २१० जनाले मनोनयन दर्ता गराएका छन्। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मको उल्लेख्य सहभागिताले निर्वाचनलाई प्रतिस्पर्धात्मक बनाएको छ।

CP Hospital Dhangadhi

प्रदेश निर्वाचन कार्यालयका तथ्यांकअनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। कैलाली–१ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ जना उम्मेदवार दर्ता भएका छन्।

यसैगरी कञ्चनपुर–१ र कञ्चनपुर–२ मा १९–१९ जना तथा कञ्चनपुर–३ मा १७ जनाले उम्मेदवारी दिएका छन्। अछाम–१ मा ८ र अछाम–२ मा ९ जना उम्मेदवार दर्ता भएका छन्। डोटीमा ९, बाजुरामा ८, बझाङमा ७, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन्।

nawajiwan
Attariya Hospital

प्रदेशभर कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। उम्मेदवारको उल्लेख्य संख्याले सुदूरपश्चिमको राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने अपेक्षा गरिएको छ।