सुन–चाँदीको भाउमा समायोजन, सुन प्रतितोला २ हजार ९ सय घट्यो

Image
Nisarga Hospital

अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको नयाँ भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकिएको छ .

CP Hospital Dhangadhi

जुन अघिल्लो दिनको २ लाख ९५ हजार १ सय रुपैयाँको तुलनामा २ हजार ९ सय रुपैयाँ कम हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही घटेपछि नेपालमा पनि समायोजन गरिएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर रहेको छ।

Attariya Hospital

चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८७० रुपैयाँमा झरेको छ। यद्यपि, अघिल्लो दिनको मूल्य चाँदीको हालसम्मकै उच्च बिन्दु थियो।

nawajiwan