सुदूरपश्चिममा ६ महिनामा १०१ जनाको ज्या’न गयो, ट्राफिक क’डाइ र जनचेतना अभियान तीव्र

Image
Nisarga Hospital

अत्तरियाः चालु आर्थिक वर्षको पहिलो छ महिनामा सुदूरपश्चिम प्रदेशमा भएका सवारी दुर्घटनामा १०१ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार साउनदेखि पुस मसान्तसम्म प्रदेशभर ६७४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ६६० जना गम्भीर र ५२८ जना सामान्य घाइते भएका छन्।

CP Hospital Dhangadhi

कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी टेकबहादुर जोराका अनुसार सवारी नियम उल्लङ्घन नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइ बढाएको छ। सो अवधिमा १९ हजार ५६३ वटा सवारी साधनमाथि कारबाही गर्दा १ करोड ५२ लाख ७७ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको छ।

Attariya Hospital

मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) कसुरमा ४०४ जनामाथि कारबाही गरिएको छ, जसबाट ४ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी, चालक र सडक प्रयोगकर्तालाई लक्षित गरी २७५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ५४ हजार २८० जना लाभान्वित भएका छन्।

nawajiwan

यस्तै, प्रदेशभर दुर्घटना बढी हुने ४७ स्थानलाई ‘ब्ल्याक स्पट’का रूपमा पहिचान गरी सूचना बोर्ड राखिएको छ। ट्राफिक प्रहरीले नियमको कडाइ, जनचेतना र पूर्वाधार सुधारमार्फत सडक सुरक्षालाई थप प्रभावकारी बनाउने जनाएको छ।