सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आजका लागि कतिमा हुँदै छ कारोवार?

Image
Nisarga Hospital

आइतबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिनको कारोबारमा छापावाल सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८०० रुपैयाँ कायम भएको हो। यसअघि शुक्रबार सुनको मूल्य तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ थियो। आइतबारको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।

CP Hospital Dhangadhi

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जानु, अमेरिकी डलरको उतारचढाव, भूराजनीतिक तनाव तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणले नेपाली बजारमा पनि सुन महँगिँदै गएको विश्लेषण गरिएको छ। सुनको निरन्तर बढ्दो मूल्यका कारण गहना व्यवसाय प्रभावित बनेको व्यवसायीहरूको भनाइ छ भने सर्वसाधारण उपभोक्ताले खरिद घटाएका छन्।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर तोलामा ६ हजार ४८० रुपैयाँ पुगेको छ। बजारमा बहुमूल्य धातुको मूल्य अझै बढ्न सक्ने संकेत देखिएको व्यवसायीहरू बताउँछन्।

nawajiwan